आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडमा हल्का वर्षाको सम्भावना

लोकपथ
154
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । बुधबार पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराईका जिल्लामा हुस्सु र कुहिरोको समस्या निरन्तर छ ।

महिनौँ देखि तराईका अधिकांश जिल्लामा सुरु भएको बाक्लो हुस्सु अहिलेसम्म पनि हटेको छैन । दिनुहँ हुस्सु लागेर चिसो बढेपछि तराईको जनजीवन प्रभावित छ ।

आज उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ भने केही उच्च पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतथा बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरुमा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?