क्यामराको लेन्समा मानवनिर्मित ‘इन्द्रसरोबर’ ताल

काठमाडौं । घुम्ने रहर कसलाई हुँदैन् ? पक्कै पनि सबैलाई हुन्छ । आन्तरिक होस् वा बाह्य पर्यटक, सबैलाई मोहित बनाएको छ मानवनिर्मित ‘इन्द्रसरोबल’ ताल अर्थात कुलेखानी ड्याम । दक्षिणकालीको बाटो हुँदै, सिस्नेरी, पालुङ हुँदै कुलेखानी ड्यामसम्म सहजै पुग्न सकिन्छ । 

काठमाडौंदेखि कुलेखानी ड्यामसम्मको दुरी ४६ दशमलब ९ किलोमिटर रहेको छ । मात्र दुई घण्टाको यात्रा भएपनि कच्ची सडकका कारण लगभग तीन घण्टामा त्यँहा पुग्न सकिन्छ ।

गर्मी बढेसँगै कुलखानी हुँदै चित्लाङसम्मको यात्रा तय गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ । 

‘जोमसोमे बजारमा, १२ बजे हाँवा सरर…’ यो गित नेपालीहरु सबैको मुखमा गुन्गुनाई रहेने शब्द पनि हो । तर, अब चिसो, फ्रेस हाँवा खान जोमजोस जानै पर्दैन्, ‘इन्द्रसारोबल’ ताल पुगे हुन्छ ।  कुलेखानी पछिल्लो समय काठमाडौंको कोलाहलबाट मुक्ति चाहानेका लागि सबैभन्दा उत्कृष्ट र सजिलो घुमफिर स्थल बनेको छ । 

मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित यो ताल जलविद्युत आयोजनाका लागि कुलेखानीमा ड्याम थुनेर बनाइएको हो । यो ताल नेपालको एक मात्रै ‘पावर ब्याकअप’ पनि हो । 

यो ताल पर्यटकीय हिसावले मात्रै महत्वपूर्ण छैन । देशलाई उज्यालो बनाउन यसको सबैभन्दा बढी योगदान छ  । यसै तालबाट ३ वटा आयोजना नियमित सञ्चालनमा छन् ।  

इन्द्रसरोवरको लम्बाइ ८ किमी र गहिराइ करीब ९७ मिटर छ । यो ताल वि.सं २०३८ सालमा बनाइएको हो । यसै परियोजना अन्तर्गत सञ्चालित कुलेखानी-१, कुलेखानी-२ र कुलेखानी–३ ले पनि क्रमशः ६०, थप ३० मेवा र १४ मेवा विद्युत्बाट राष्ट्रिय प्रसारण लाइनमा योगदान पु-याइरहेको छ ।

कुलेखानी ड्यामबाट ६ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेगावार्ड विद्युत् निकालिएको छ । आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ । तालमा पानीको सतह समुद्री सतहबाट एक हजार ५ सय ३० मिटरसम्म पनि पुग्ने गर्छ।

सो अवस्थामा पानीको गहिराइ १ सय ७ मिटर हुन्छ । मनोरम तालले गर्दा राजधानीबाट फर्पिङ हुँदै कुलेखानीको यात्रा अनि दामनको यात्रामा यसको सुन्दरताले मोहित नहुने कमै होलान् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?