काठमाडौं । पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आज ‘सोमवार’देखि साधारण शेयर बिक्री शुरु गरेको छ ।
कम्पनीले दुई लाख ३३ हजार ६ सय २५ कित्ता शेयर बिक्री शुरु गरेको हो ।
बिक्री गर्न लागिएको दुई लाख ५० हजार कित्ता शेयरमध्ये तीन हजार ८ सय ७५ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।
कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ययाएर बाँकी रहेको रहेको दुई लाख ३३ हजार ६ सय २५ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो । सो कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीको शेयर छिटोमा यही वैशाख २० गते र ढिलोमा आगामी जेठ १४ गते सम्म आवेदन गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया