४० कटेसी पूरा भएको एउटा सपना, वकालत छोडेर किचनको यात्रा

जब निशा कटोनाले रेस्टुरेन्ट खोल्नलाई आफ्नो २० वर्ष लामो सफल वकिलको पेशा छोडिन् तब उनका परिवार, आफ्ना आफन्त र साथीभाइले उनको निर्णयमाथि प्रश्न मात्रै उठाएनन् उनको मनस्थिति ठिक भए नभएकोमा समेत शंका गरे । 

निशालाई थाहा थियो कि उनको यो कदम जोखिमपूर्ण छ किनकी उनले राम्रो आम्दानी भइरहेको पेशा त्यागेकी थिइन् । त्यसवेला उनको थाप्लोमा निकै ऋण पनि थियो । ऋणको भारले थिचिरहेको वेला हुँदाखाँदाको जागिर छाडेर नयाँ व्यवसाय शुरु गर्नु आफैमा ‘रिस्की’ थियो ।  

यद्यपि एउटा सफल ‘शेफ’ बन्ने उनको पहिल्यैदेखिको सपना थियो । त्यस सपनाले केही रातदेखि उनको आँखामा निद्रा पर्न दिइरहेको थिएन ।  त्यसैले सन् २०१४ मा जब उनी लिभरपुलमा परिवार र बालबालिकाको वकिलका रुपमा काम गरिरहेकी उनले आफ्नै रेस्टुरेन्ट खोलिन् । रेस्टुरेन्टको नाम थियो ‘मौग्ली’ । 

‘टिपिकल’ भारतीय खाना पाइने मौग्लीले स्थापनाको केही समयमा नै राम्रो छवि बनायो । अहिले करिब १० मिलियन डलर्स बराबरको व्यापार गर्ने उक्त रेस्टुरेन्ट बेलायतका व्यापक ‘फुड चेन’ मध्ये एक हो । 

‘मौग्ली नाम मैले मेरा दुई छोरीहरुलाई बोलाउने नाम हो जसको मतलब ‘बदमास बच्चा’ हो,’ चर्चित जङ्गल बुकको पात्र ‘मौग्ली’बाट रेस्टुरेन्टको नाम नराखेको बताउँदै निशा भन्छिन् । ‘मेरा छोरीहरुले नै रेस्टुरेन्टका निमित्त लोगो छानेका हुन् र उनीहरुकै नामबाट मैले आफ्नो रेस्टुरेन्टको नाम राखेको हुँ ।’

सन् १९६० को दशकमा भारतबाट बेलायत आएकी निशालाई सानैदेखि भारतीय खानामा विशेष रुचि थियो । आफ्ना बिदाका दिनहरुमा समेत उनी विभिन्न परिकार बनाउने गर्थिन् ।
आफूले विशेष ‘शेफ’बाट कहिले पनि कुकरी कोर्स नलिएको भएपनि ‘हजुरआमा’हरुबाट खाना बनाउन सिकेको बताइन् ।

रेस्टुरेन्ट स्थापना गर्नुअघि नै उनले व्यापक अनुसन्धान गरिसकेकी थिइन् । रातिराति रेस्टुरेन्टको भान्साको एक कुनामा उभिएर उनीहरु कसरी काम गर्छन्, रात्रीकालीन समयमा कसरी रेस्टुरेन्ट सञ्चालन गर्छन् भनेर नियालिरहन्थिन् । 

मौग्ली स्थापना गर्नुअघि उनी आफै पनि युट्युब च्यानलमार्फत् कुकरी टिप्सहरु दिन्थिन् । रेस्टुरेन्ट स्थापना गर्नुअघि नै उनले व्यापक अनुसन्धान गरिसकेकी थिइन् । रातिराति रेस्टुरेन्टको भान्साको एक कुनामा उभिएर उनीहरु कसरी काम गर्छन्, रात्रीकालीन समयमा कसरी रेस्टुरेन्ट सञ्चालन गर्छन् भनेर नियालिरहन्थिन् । 

निशा भन्छिन्, ‘मौग्ली भनेको भारतीयले घरमा वा सडकमा कसरी खान्छन् भनेर देखाउन बनाइएको हो जुन दृश्य बेलायतका रेस्टुरेन्टहरुमा देख्न पाइँदैन ।’ उनका अनुसार उनका खानाहरु प्राय घरेलु रेसिपीमै बनाइन्छ जसलाई हल्का मोडर्न फ्लेभर दिइएको हुन्छ । ‘मलाई भारतीयहरु कसरी खान्छन्, हाम्रो आमाहरुले कसरी खाना बनाउनुहुन्थ्यो भनेर संसारलाई देखाउन मद्दत गरेको छ मौग्लीले,’ उनी सुनाउँछिन् । 

भारतीय खानाप्रतिको यस्तै लगावले उनलाई ३ वटा खानासम्बन्धि पुस्तक लेख्ने हौसलासमेत दिएको छ ।  पिम्प माई राइस, दि स्पाइस ट्रि र मौग्ली स्ट्रिट फुड ।

‘मलाई अझै याद छ मेरो पहिलो पुस्तक प्रकाशन गर्नुअघि कसरी गर्ने भनेर निकै अलमलमा परेको थिएँ त्यसपछि मैले जेमी अलिभरको कुक बुकमा हेरें र त्यहाँ उल्लेख गरिएका केही नामहरुका बारेमा पत्ता लगाएँ,’ उनी अगाडि थप्छिन्, त्यहाँ भएका नाममध्ये एउटा उनको एजेन्टको रहेछ मैले उनलाई सम्पर्क गरें, मेरो प्रपोजल पठाएँ ।’ ‘त्यसको १० मिनेटमै उनको प्रतिक्रिया आयो, हामी केही दिनपछि भेट्यौं र अन्ततः उनले मलाई साइन गरिन्,’ निशाले आफ्नो पुस्तक प्रकाशन बारे बेलीविस्तार लगाइन् ।

‘मौग्ली निर्माण हुने क्रममा मैले परिवार र आफन्तबाट निकै आलोचना खेप्नुप-यो किनभने म आफ्ना छोरीहरुलाई पर्याप्त समय दिन सकिरहेको थिइन,’ विगतका दिन सम्झिँदै उनी थप्छिन्, ‘म पुरुष भइदिएको भए त्यति धेरै आलोचना सहनुपर्ने थिएन शायद ।’

अहिले आफ्नो व्यवसाय सफल भएपनि पहिलो रेस्टुरेन्ट खोल्न निकै कठिन भएको निशा सुनाउँछिन् । सन् १९७० को दशकमा भारतीय आप्रवासीका रुपमा बेलायतमा बस्नु निकै कठिन भएको उनको अनुभव छ । 

त्यसो त लिभरपुलमा वकिलका रुपमा काम गर्ने पहिलो एसियन महिला पनि निशा नै हुन् । तर, पुरुषको दबदबा रहेको होटल व्यवसायमा आफ्नो लागि ठाउँ बनाउन गाह्रै भयो उनलाई । ‘मौग्ली निर्माण हुने क्रममा मैले परिवार र आफन्तबाट निकै आलोचना खेप्नुप-यो किनभने म आफ्ना छोरीहरुलाई पर्याप्त समय दिन सकिरहेको थिइन,’ विगतका दिन सम्झिँदै उनी थप्छिन्, ‘म पुरुष भइदिएको भए त्यति धेरै आलोचना सहनुपर्ने थिएन शायद ।’

आज निशाले मेन्चेस्टर, बिर्मिन्घम र अक्सफर्ड गरी बेलायतका ३ ठूला शहरहरुमा ७ वटा मौग्ली रेस्टुरेन्ट स्थापना गरिसकेकी छिन् । 


‘यस्तो प्रतियोगिताको समयमा शुरु गरेको ४ वर्षमै ७ वटा रेस्टुरेन्ट स्थापना गर्नुले यही देखाउँछ कि निशा पक्कै पनि नाफाकै बाटोमा हिँडिरहेकी छिन्,’ एसियन केटरिङ फेडेरेसनका प्रमुख यावर खान भन्छन् ।

४० वर्ष कटिसकेपछि आफूले गर्दै गरेको काम छोड्न र केही नयाँ शुरु गर्नलाई निकै ‘हिम्मत’ चाहिने उनी बताउँछन् ।

यावरका अनुसार दक्षिण एसियाका महिलाहरुलाई व्यापार व्यवसायमा प्रोत्साहन गर्न निशाजस्तै रोल मोडलहरुको आवश्यकता छ ।

‘मेरो आमाले बनाउने ‘दाल’ ले शाही सम्मान पाएको अनुभव भयो,’ उनले पुरस्कार पाउँदाको अनुभव सुनाइन्, ‘५० वर्षअघि खाली हात बेलायत आउनुभएको मेरी आमाको त्यागको परिणाम हो यो खुसी ।’

यो वर्ष निशाका लागि झनै उपयोगी सावित भयो किनकी उनको नाम ‘दि न्यू यर हनर लिस्ट’मा सूचित गरियो र बेलायती खाद्य उद्योगमा विशेष योगदान पु¥याएकोमा ‘एमबिइ पुरस्कार’ले पुरस्कृत समेत गरियो । 

‘मेरो आमाले बनाउने ‘दाल’ ले शाही सम्मान पाएको अनुभव भयो,’ उनले पुरस्कार पाउँदाको अनुभव सुनाइन्, ‘५० वर्षअघि खाली हात बेलायत आउनुभएको मेरी आमाको त्यागको परिणाम हो यो खुसी ।’


 

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?