काठमाडौं । माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाबाट आज(मंगलवार)बाट विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । सोमबार विद्युत गृहको संरचना तथा उपकरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि मंगलवारबाट विद्युत उत्पादन गरिने लक्ष्य राखिएको हो ।
रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट यही वैशाखभित्र ३० मेगावाट(पहिलो युनिट) विद्युत उत्पादन गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
१२ करोड ५८ लाख डलर अनुमानित लागत रहेको उक्त आयोजना नेपाल सरकार एवं विद्युत प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया