सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

लोकपथ
161
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो  पहाडी  भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। आज कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।

यसैगरी, शनिबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशमा आंशिक बदली  रहने छ । बाँकी  भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?