काठमाडौं । अभिनेता गौरव पहारी विवाह बन्धनमा बाँधिएका छन् ।
उनी प्रेमिका श्रेयानी खतिवडासँग विवाह बन्धनमा बाँधिएका हुन् । गौरव र श्रेयानीबीच केही अगाडि होटल र्याडिसनमा आयोजित एक समारोहमा इन्गेजमेन्ट भएको थियो । उनीहरुले परिवार र आफ्ना नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका हुन् ।
गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’,‘साइँली’,‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया