प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुने प्रतियोगिताले अगामि वर्षहरुमा समेत नजिरको रुपमा स्थापित गर्ने बताए ।

प्रतियोगीताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालको लामो खेलकुद जगतभित्र पनि यो पहिलो विश्वविद्यालय प्रतियोगिता भएकाले यस प्रतियोगिताले राखेप र विद्यालयहरुको सम्बन्धको जग बलियो बनाएको बताए ।

उनले भने, नेपालको खेलकुद क्षेत्रमा विगत जसरी गुजर्यो, त्यसको जिम्मेवार आजको खेलकुद जिम्मेवारी होइन, आजको खेलकुद त भविष्यको सम्भावनाको नजिरको रुपमा स्थापना हुन सक्नेछ । यस प्रतियोगिताले विश्वविद्यालय र रापेखबीचको सम्बन्ध, यस प्रतियोगिताले विश्वविद्यालय र डाक्टर र इन्जीनियरको कारखाना मात्र होइन खेलाडीहरुको समेत कारखाना छ भनेर प्रमाणित गर्न सक्नेछ ।’

निकट भविष्यमा समेत यस्तै प्रतियोगिताहरुको आयोजना गदै नेपाल खेलकुद परिषद् खेल विकासका लागि प्रतिवद्ध रहेको कोइरालाको भनाई थियो ।त्यस्तै, कार्यक्रममा राखेपका निमित्त सदस्य सचिव प्रकास कुसारीले विश्वविद्यालय खेलकुद प्रतियोगिता विद्यालयस्तरीय प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डको निरन्तरता भएको बताए ।

खेलकुदलाई विश्वविद्यालयमा प्रवेश गराउने अवसरको रुपमा यस अवसरलाई लिएको उनको भनाइ थियो ।उनले भने, ‘ हामीले खेलकुदका क्षेत्रमा यस प्रतियोगितालाई अवसरका रुपमा लिएका छौं । आउँदा वर्षहरुमा यस प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने छौं । खेलकुदलाई शिक्षा क्षेत्रमा प्रवेश गरेका छौं, यो नयाँ सुरुआत हो ।’

खेलाडीहरु शिक्षित पनि हुन्छन् भन्ने स्थापित गर्न यस प्रतियोगिताको आयोजना गरेको उनको भनाई थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?