काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५–०७६ को तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
बैकले प्रति शेयर आम्दानी २०.०६, शेयर नेटपर्थ १२८.५८, शेयरमध्ये २८.१७ प्रतिशत तरलता अनुपात कायम गरेको छ । भने बैंकले मुल्य आम्दानी अनुपातमा ९.६२ र प्रति शेयर कुल सम्पत्तिको मुल्य १,३१२.९२ गरी जम्मा पुँजीकोषमा १५.१४ प्रतिशत मुल्य कायम गरेको छ ।
बैंकले यस आर्थिक वर्षसम्म व्यवसायिक तथा वित्तीय स्थिति (निक्षेप संकलन, कर्जा लगानी तथा आम्दानी) वृद्धि गरेको बताएको छ ।
विकास बैंकले ग्राहकको चाहना बमोजिम अत्याधुनिक बैंकिङ सेवा, ए.टि.एम. सेवा, मोबाईल बैंकिङ सेवा, ईन्टरनेट बैंकिङ, गरिमा रेमिट, विदेशी मूद्रा सटही तथा ग्राहकमुखी विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ ।
बैंकिङ क्षेत्रमा देखिएको प्रतिस्पर्धा तथा ग्राहकको चाहनामा भएको परिर्वतन समेतलाई मध्यनजर गर्दै आगामी दिनमा समयसापेक्ष प्राविधिक विकास गर्दै व्यावसाय विस्तार गर्ने, नयाँ व्यवसायिक योजनाको विकास, लगानीका क्षेत्रहरुको खोजी, व्यवसाय विविधिकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको योजना रहेको छ । साथै, बिकास बैंकले देशका सातवटै प्रदेशमा शाखा विस्तार गरी वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया