नेपाल भ्यालुयर्स एसोसिएशनको चौथो अधिवेशन सम्पन्न

काठमाडौं । आज(शुक्रवार) नेपाल भ्यालुयर्स एसोसिएशनको चौथो अधिवेशन सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित येल्लो प्यागोडा होटलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपालको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । 

नपालभरिका आर्थिक कारोवार गर्ने विभिन्न सरकारी, अर्ध सरकारी तथा निजी बैंक, वित्तीय संस्था, फर्म आदिमार्फत् चल अचल सम्पत्तिको धितो मूल्याङ्कन गर्ने कार्यमा संलग्न इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशनको चौथो अधिवेशनमा  संगठनका सचिव मुक्ति पाण्डेले संगठन स्थापना भएको ७ वर्षमा हासिल गरेका उपलब्धि साथै चुनोतीहरुका बारेमा बोलेका थिए । ‘हाम्रो मूल्याङ्कन कार्यले देशको आर्थिक गतिविधि चलायमान बनाइ राख्न अहम् भूमिका निर्वाह गरेको छ,’ उनले भने,‘यद्यपि, नेपाल राष्ट्र बैंकबाट स्पष्ट नीतिनिर्देशन नहुँदा केही समस्या उत्पन्न भएको महसुस हामीले गरेका छौं ।’

वि सं २०६८ साल माघ २३ गते स्थापना भएको यस संगठनमा स्थापनाको ७ वर्षमा ३ सय ६४ संस्थागत सदस्य भइसकेका छन् भने देशका ८ क्षेत्रमा आफ्ना इकाई(च्याप्टर) स्थापना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?