काठमाडौं । निर्माता सञ्जय लीला भन्सालीले आफ्नो आगामी फिल्म ‘लभ एन्ड वार’ घोषणा गरेका छन् । निर्माताले ‘लभ एन्ड वार’ मा आलिया भट्ट, रणवीर कपुर र विक्की कौशलको मुख्य भूमिका रहेको चलचित्रमा प्रेमकथामा आधारीत हुनेछ । यस फिल्म मार्फत भन्साली वर्षौंपछि रणवीर कपुरसँग सहकार्य गरेका छन्। मिडिया रिपोर्टका अनुसार फिल्म रिलिजअघि फिल्मका कलाकारले अरु कुनै फिल्म साइन नगर्ने खबर आएको छ ।
आलिया भट्ट, रणबीर कपूर र विक्की कौशल अहिले बलिउडका सबैभन्दा सफल र लोकप्रिय कलाकार मानिन्छन्। तीनै जनाले चर्चित निर्देशक सञ्जय लीला भन्सालीसँग उनको भर्खरै घोषणा गरेको रोमान्टिक पिरियड वार फिल्म ‘लभ एन्ड वार’को लागि सहकार्य गर्दैछन्। तीनै कलाकारहरूले धेरै पहिले नै परियोजनाको लागि आफ्नो मितिहरू फाइनल गरिसकेका छन् र फिल्म रिलिज अघि कुनै पनि फिल्म साइन गर्ने छैनन्।
रणवीर कपुर, आलिया भट्ट र विक्की कौशलले सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’का लागि आफ्नो क्यालेन्डर लक गरेका छन्। यस परियोजनामा ध्यान केन्द्रित गर्न तीन जनाले क्रिसमस २०२५ सम्म आफ्नो सम्पूर्ण क्यालेन्डर लक गरेका हुन्। यसको मतलब उनीहरूले अर्को वर्ष क्रिसमससम्म नयाँ चलचित्र वा शो साइन गर्ने छैनन्।
सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’ युद्धको पृष्ठभूमिमा आधारित प्रेमकथा हो । निर्देशकले नोभेम्बर २०२४ मा म्याराथन समयतालिकासहित फिल्मको छायांकन सुरु गर्ने योजना बनाएका छन्। फिल्म अर्को वर्ष क्रिसमसमा हलमा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया