आर्थिक कारोबार बैंकिङ प्रणालीबाट मात्रै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सबै आर्थिक कारोबार बैंकिङ प्रणालीबाट मात्र गर्ने भएको छ ।

सबै नेपालीको बैंक खाता बनाइ बैंकिङ कारोबारलाई मात्र सरकारले प्रोत्साहन दिन लागेको हो । 

यस्तै राजस्व प्रणालीमा पनि व्यापक सुधार ल्याउने सरकारको बचन छ । आम नागरीकहरुले सरकारको राजस्व प्रणालीको विषयमा असन्तुष्ट जनाउँदै आएका छन् । 

यस्तै पूँजी बजारको विस्तार गर्दै छरिएर रहेका साना पूँजी एकिकृत गरी भेन्चर क्यापिटल सञ्चालन गर्ने सरकारको नीति छ । विश्व बजारमा नेपाली उत्पादको पहुँच वृद्धि गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?