वायुसेवा निगमले जापानको ओसाकामा नियमित उडान शुरु गर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको ओसाकामा नियमित उडान पुनः शुरु गर्ने भएको छ । 

निगमले ६१ औँ वर्ष प्रवेशका साथै आगामी असार १९ (जुलाई ४ तारिख)देखि जापानको ओसाकाको नियमित उडान प्रारम्भ गर्ने घोषण गरेको हो । 

अहिले निर्धाति उडान तालिका अनुसार हप्ताको तीन वटा उडान मंगलवार, बिहीवार र शनिवार हुने निगमले प्रेश विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ बजे काठमाडौं आइपुग्ने छ ।

निगमले दुइर्एतर्फी राउन्ड ट्रिप उडानका लागि ७ ५देखि ८० हजार र एक तर्फीका लागि ४५ देखि ५० हजार मात्रै भाडा तोक्न प्रस्ताव गरेको छ ।

ओसाकाको सबै उडानहरु वाइडवडी ए३३०–२०० बाट हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?