सिद्धार्थ बैंकले ल्यायो २६ लाखको बीमा सुविधा सहितको जीवन सुरक्षा बचत खाता

काठमाडौं–सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न यो योजना बैंकले सार्वजनिक गरेको बताइएको छ ।
२६ लाख सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्तता–दुर्घटना मृत्यु बीमा योजन, १८प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना र नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने जस्ता विशेषता यो खातामा रहेको छ ।

बैंकले हाल  देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?