एक दिवसीय सिरिजमा आज नेपाल र क्यानडाले दोस्रो खेल खेल्दै

लोकपथ
0
Shares

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा नौं बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली टोली लगातार दोस्रो जितको लागि मैदान प्र्रवेश गर्नेछ ।

उता आफ्नो पहिलो खेलमा सुरुवातबाटै राम्रो प्रर्दशन गरेको क्यानडा पनि आजको खेलबाट बराबरी गर्न चाहान्छ ।

नेपालको कप्तानी रोहित पोडेल र क्यानडाको साद बिन जफरले गर्नेछन् । पहिलो खेलमा कप्तान रोहितले क्यानडाको ४ विकेट लिएर नेपाललाई खेलको लयमा फर्काएका थिए । जसकारण नेपालले रोमाञ्चक जित निकाल्यो ।

नेपालले आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नुअघि तयारीको लागि क्यानडासँग तीन खेलको सिरिज खेलेको हो ।

क्यानडाले पनि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज यूएईमा गएर खेल्नुअघि नेपालसँग सिरिज खेलेको हो । क्यानडा, यूएई र स्कटल्यान्डबीच लिग–२ को पहिलो सिरिज हुनेछ । नेपाल र क्यानडाबीचको तेस्रो खेल सोमबार हुनेछ ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।

क्यानडाको टोली :

साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?