एक दिवसीय सिरिजको दोस्रो खेल जारी, नेपाली टोली फिल्डिङ गर्दै

लोकपथ
0
Shares

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गरिरहेको हो ।

नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ भने कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त धामीलाई  बेन्चमा राखेको छ ।

नेपालले तीन खेलाडी परिवर्तन गरेको गरेको छ । आकाशले डेब्यु सँगै यही खेलबाट अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् । आरिफ, ललित र कुशल बेन्चमा छन् ।

नेपाली टोली पहिलो खेलमा क्यानडाविरुद्ध सात रनको जित निकाल्दै आफ्नो दोस्रो जितको लागि मैदानमा छन् । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, आकाश चन्द र अनिलकुमार शाह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?