दोस्रो एकदिवसीय क्रिकेट : क्यानडाद्वारा नेपाललाई २८६ रनको लक्ष्य

लोकपथ
35
Shares

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले २ सय  ८६ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान साद बिन जफरले ब्याटिङ गर्ने निणर्य गरेपछि क्यानडाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनायो ।

क्यानडाले राम्रो सुरुवात गरेपछि नेपाली बलरलाई ओपनर द्वय आरोन जोन्सन र नवनित धलिवलको साझेदारी तोड्न ९४ रन खर्चनु परेको थियो ।

ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेट गुमाउँदा क्यानडाका लािग यी दुईले ९४ रन जोडेका थिए । १९औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपालका लािग पहिलो विकेट दिलाएका थिए ।

त्यसपछि खेलको ३५ ओभरको समाप्तिमा आइपुग्दा क्यानडाले ५ विकेट गुमायो ।

२३औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे ।

कप्तान रोहितले एकै ओभरमा दुई जनालाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए ।

३५औं ओभरमा सूर्य  तामाङले हर्ष ठाकरलाई ३ रनमा आउट गराए ।

सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९औं विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट हुँदा भागवन २० रनमा नट आउट रहे ।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २÷२ विकेट लिए । यस्तै, आकाश चन्द, ,सूर्य तामाङ ,पवन सर्राफ र सोमपाल कामीले समान १ विकेटक लिए ।

नेपाली टोलीमा ३ खेलाडी परिवर्तन गरेको नेपालले आकाश चन्दलाई डेब्यु गराएको थियो । । चन्दले १९ औं ओभरमा धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता मात्र दिलाइनन् आफ्नो करिअरको डेब्यू विकेट पनि लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?