काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ब्याट्सम्यान देव खनाल ७६ रन बनाउँदै आउट भएका छन् । यो सँगै नेपाली टोलीले तेस्रो विकेट गुमाएको छ । उनले ८१ बलको सामना गरी दुई छक्का र सात चौका हानेका छन् ।
क्यानडाका बलर हर्ष ठाकेरले आफ्नो बलिङमा आफैले क्याच लिएसँगै उनी आउट भएका हुन् । ३३.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय १४ रन बनाएको छ ।
२४औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका देव यू-१९ राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया