काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा रकम राख्ने भएको छ ।
बैंकले एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको हो ।
केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो।
बैंकले एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । त्यस्तै ‘ख’ वर्गका बैंकका १९ करोड ५८ लाख तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ५३ लाख मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
बैंकका अनुसार सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरेको हुनुपर्ने व्यवस्थासमेत उक्त परिमाणको निक्षेपका लागि आवश्यकपर्ने जनाएको छ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी यही वैशाख २३ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया