काठमाडौं । प्रभु बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित तिनपैनीमा रहेको श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उ
क्त काउन्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयकाप्रमुख प्रेम प्रसाद संजेलले गरेका थिए ।
यस कार्यबाट वैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्नेविश्वास यस बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया