नेप्सेमा एकैदिन १ करोड १५ लाख ९७ हजार कित्ता सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । सेयर बजारमा एकै दिन एक करोड १५ लाख ९७ हजार ६०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गराउँनेमा साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक, सोल्टी होटल र हिमालयन बैंक रहेका छन् । 

साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४ सय २४ कित्ता बोनस  सेयर सुचिकृत भएको छ । साल्ट ट्रेडिङले चैत्र ११ गतेको साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो । 

 यता मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८.२२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यसले ११ प्रतिशत बोनस सेयर दिएको हो । 

सोल्टी होटलको ६६ लाख ६१ हजार १६३ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने  हिमालयन बैंकको पनि ४० लाख ५७ हजार २६५ कित्ता बोनस सेयर सुचिकृत भएको हो । सेयर सुचिकृत पछि  यी कम्पनीहरुको सेयर  दोस्रो बजारमा कारोबार खुला भएको छ  । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?