काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई ८ विकेटले हराउँदै विजयी भएको छ ।
यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
वर्षाले प्रभावित खेलमा जितका लागि नेपालले ५० रनको लक्ष्य पाएको थियो । कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै ३१ बल अगावै पूरा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया