काठमाडौं। अमेरिकाको सपना देखाएर राजधानीमै ३ महिनादेखि ३० जनालाई बन्धक बनाइएको पाइएको छ । स्थानीयको सूचनाका आधारमा बुधवार काठमाडौं प्रहरीले उनीहरूलाई रातोपुलबाट उद्धार गरेको हो ।
अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले रातोपुलस्थित एउटा घरमा बन्धक बनाइराखेका ३० जना भन्दा बढीलाई उद्धार गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खड्काले बताए ।
प्रहरीले अप्रेशन जारी राखेकाले यो संख्या बढ्न सक्ने जनाइएको छ । बिचौलियाहरूले उनीहरूलाई घरभित्रै थुनेर यातनासमेत दिने गरेको पाइएको प्रहरीको भनाइ छ ।
उद्दार गरिएका सबै भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया