एजेन्सी । म्यानमारका पत्रकारद्वय वा लने र क्याव साई रिहा भएका छन् ।
अन्तर्राष्ट्रिय समुदाय र कूटनीतिक क्षेत्रको व्यापक दबावपछि म्यानमानरले दुई पत्रकार रिहा गरेको हो ।
राज्यको गोप्यता भंग गरेको आरोपमा जेल परेका पत्रकारद्वय लने र साई आज ‘मंगलवार’ रिहा भएका हुन । उनीहरु दुवैलाई सात वर्षको जेल सजाय सुनाइएको थियो । तर, राष्ट्रपति विन मिन्टले उनीहरुलाई आममाफी दिएका हुन । सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका उनीहरूले पाँच सय दिन भन्दा बढी जेलमा बिताएका थिए ।
रोयटर्समा कार्यरत उनीहरूले १० लाख रोहिंग्या मारिको ‘राखिने’ प्रान्तमा खोजमुलक रिपोर्टिङ गरेका थिए । तर, त्यहाँको सरकारले गोप्यता भंग गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।
दुई पत्रकारमाथि गरिएको फैसलालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा हेरिएको थियो । दुई पत्रकारसँगै म्यानमारका हजारौं कैदीहरुले पनि आममाफीको सुविधा पाएका छन् । म्यानमारमा हरेक नयाँ वर्षको अवसरमा राष्ट्रपतिले आममाफी दिने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया