काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार चार सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोवार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, चाँदीको मूल्य भने आज ३५ रूपैयाँले बढेको छ। आज चाँदी ५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोवार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया