आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेदरल्यान्डसले दियो नेपाललाई १३८ रनको लक्ष्य

लोकपथ
238
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेदरल्यान्डसले जितका लागि नेपाललाई १३८ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि बलिङ कुशल भुर्तेल चम्किएपछि नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्डस ३९ ओभरमा अलआउट भएको हो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?