संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा

लोकपथ
63
Shares

काठमाडौं । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार शम्भुजित बास्कोटाले संगीतकर्मीहरुलाई राष्ट्रको गहनाभन्दा पनि पहिचानका रुपमा बुझ्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित संगीतकार संघ नेपालको १२औं वार्षिक साधारणसभामा उनले संगीतकर्मीहरुलाई राष्ट्रको गहना भनेर नेताहरुले भाषण गर्ने र लकरमा मात्र सीमित गर्ने गरेको भन्दै पहिचानको रुपमा बुझ्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने,‘राष्ट्रले संगीतकार संगीतकर्मीहरुलाई गहना होइन पहिचान हो राष्ट्रको भन्ने बुझ्नुपर्छ । गहना त हुन्छ एउटा लकरमा जसरी राख्यो । राष्ट्रको गहना भन्दै नेताहरुले भाषण गर्छन्, कलाकारहरु मक्ख । सेल्फी पनि माग्छन्, भैहाल्यो ।’
उनले संगीत क्षेत्रको हक अधिकार प्राप्तिका लागि सरकार चलाउनेहरुको नजर बदल्नुपर्ने धारणा राखे ।

उनले भने, ‘अब हामीले कतिन्जेल हक अधिकारको लागि कराउने लड्ने ? सरकार चलाउनेलाई बदल्न हामीले सकेनौ भने हामी केही गर्न सक्दैनौं । हामी लडेको कयौं वर्ष भइसक्यो, कयौं दिवंगत भइसक्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?