एजेन्सी । मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग क्रिकेट ‘आईपीएल’को फाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति सम्पन्न भएको पहिलो क्वालिफायर खेलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै अन्तिम दुईमा प्रवेश गरेको हो ।
१ सय ३२ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको मुम्बईले ९ बल रहँदा मात्र ४ विकेट गुमाएर पुरा ग-र्यो । मुम्बईका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले ४ र क्विनटन डी ककले ८ रनमा आउट भए । त्यस्तै सुर्यकुमार यादवले अर्धशतकीय पारी खेले । उनले नटआउट ७१ रन जोडे । इशान्त किसनले २८ रन बनाए भने हार्दिक पाण्डेया शुन्य रनमा पेभेलियनमा फर्किए ।
यता चेन्नई लागि इमरान ताहिरले दुई विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३१ रनको योगफल तयार पारेको थियो । चेन्नईका लागि अम्बातु रायडुले ४२ तथा कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन जोडेका थिए ।
फाफ डु प्लेसिसले ६ रन, सेन वाटसन १० रनले, सुरेश रैना ५ तथा मुरली विजयी २६ रनमा आउट भएका थिए । मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक-एक विकेट लिन सफल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया