काठमाडौं । पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका वडा -२ घर भई हाल भक्तपुरको सुर्यविनायक बालकोट बस्ने २६ वर्षीय समिर कुमार कर्ण रहेका
छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार दिउसो बानेश्चर पानीट्याङकीबाट पक्राउ गरेको हो ।
समिरले सम्पूर्ण तामाङलाई पोर्चुगल जान सोह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि मासिक एक लाख पचास हजार रुपैयाँ तलब दिने प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेको बताइएको छ ।
समिरले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भन्दै पटक पटक गरी आठ लाख तीस हजार लिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया