भाटभटेनी मनि ट्रान्सफरबाट पठाएको रकम एनआईसी बैंकबाट सहजै निकाल्ने मिल्ने

काठमाडौं । एनआईसी एशिया बैंकले भाटभटेनी मनि ट्रान्सफरसँग रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता गरेको छ । 

बैंक र मनि ट्रान्सफरको सम्झौता अनुसार अबदेखि स्वदेश तथा विदेशबाट पठाएको रेमिट्यान्स सेवाग्राहीले सहजै निकाल्न मिल्ने भएको हो ।

भाटभाटेनी रेमिट्यान्सबाट स्वदेश तथा विदेशबाट पठाएको रेमिट्यान्स एनआइसी एशिया बैंकका देशभरी रहेका २ सय ८२ शाखा र ४० वटा एक्सटेन्सन काउण्टरमार्फत उक्त रकम निकाल्न सक्नेछन् । 

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी मनि ट्रान्सफरका प्रवन्ध निर्देशक राजनकुमार अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एनआइसी एशिया बैंकका करिब १६ लाख ग्राहक छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?