म निकै जटिल अवस्थाबाट गुज्रिए : इकर कासिलास

एजेन्सी । स्पेनका गोलकिपर इकर कासिलास डिस्चार्ज भएका छन् । 

ह्दयघातका कारण अस्पतालमा भर्ना भएका उनी मंगलवार मात्र डिस्चार्ज भएका हुन् । उनले भविष्यको बिषयमा केही बताउन नसकिने कुरा अस्पतालबाट बाहिर निस्किए लगत्त उनले भने ।

रियल मड्रिडका लिजेण्ड गत बुधवार अभ्यासको दौरान ह्दयघातका कारण अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट बाहिर निस्किए लगत्तै उनले केही साता वा महिना आराम गर्ने बताएका छन् । केही समय अघि म निकै जटिल अवस्थाबाट गुज्रिए ।

जिन्दगीमा कहिले काही यसो हुन्छ । तर भाग्यवस म निको छु । जिन्दगिमा यस्ता घटना कहिलेकाहि हुन्छ, तर भाग्यवस म निको भए । म निकै जटिल अवस्थाबाट गुज्रिए । मैले आफुलाई निकै भाग्यमानी महशुश गरिरहेको छु ।’ 

उनले भने । उनले पोर्टो क्लबको मेडिकल टिमले चाँडै नै हस्पिटल पुर्याएका कारण थप समस्या हुन नपाएको बताए ।

१६ बर्षको उमेरमा व्यवसायीक फुटबल करियर शुरु गरेको कासिलासले  स्पेनको स्टार क्लब रियल मड्रिडको जर्सीमा ७ सय २५ खेल खेलेका छन् । उनले रियललाई तीन च्याम्पियन्स लिग र पाँच ला लिगा जिताउन उत्क्रिस्ट भुमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?