सशस्त्र प्रहरीका डीएसपी राजधानीबाट पक्राउ

लोकपथ
868
Shares

काठमाडौं। सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् । दुर्व्यवहार आरोपमा डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा स्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको हो ।

डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भुमा राखिएको छ । उनले स्वम्भुस्थित रेष्टुरेण्टमा महिलालाई दुर्व्यवहार गर्दै गोप्य भिडियो समेत खिचेको आरोप लागेको छ ।

पीडितको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् भने अदालतबाट म्याद लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?