२० औँ राष्ट्रिय पुरुष खुल्ला कराँते प्रतियोगिता हुने

काठमाडौं । २० औँ राष्ट्रिय पुरुष खुल्ला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । 

नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन हुनेछ । 

प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रोले सात हजार ५ सय र चौथो हुनेले तीन हजार ५ सय प्राप्त गर्नेछन् ।

त्यस्तै महिलातर्फको स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार, तेस्रोले दुई हजार ५ सय र चौथो हुनेले एक हजार प्राप्त गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?