काठमाडौं । लेखक डा. देवी क्षेत्री दुलालद्वारा लिखित ‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ ।काठमाडौंको प्रज्ञा भवनमा सोमबार आयोजित कार्यक्रमका उक्त कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वैरागी काईँलाले पुस्तकमा त्यसै पन्छाएर राखेका रचनाहरु छापिएकोमा खुसी व्यक्त गरे । साहित्यको दृष्टिकोणले पुस्तकको महत्व कम भए पनि आफ्नो लेखनको यात्राको इतिहासमा त्यसको अध्ययनमा काम लाग्ने वस्तु रहेको उनको भनाइ छ ।
उनले भने,‘यो किताबमा छापिएका गद्य, पद्य विधाका रचनाहरु मैले त्यसै पन्छाएर राखेको थिएँ । यो सुरुको सिकारु बेला लेखेको भएर पछि छापिएको संग्रहमा मैले नराखेको हो । तर देवी क्षेत्री दुलालजीले खोजखाज गरेर यसलाई त निकाल्नुपर्छ भन्नुभयो । साहित्यको दृष्टिकोणले यसको महत्व नभए पनि मेरो लेखक यात्राको इतिहासमा त्यसको अध्ययनमा काम लाग्ने वस्तु हुन्छ ।’ पाँचथर स्रष्टा मञ्चको आयोजनामा भएको कार्यक्रममा काईँलालाई अभिनन्दन पनि गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया