काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
तनहुँको आबुँखैरेनी गाउँपालिक-१ गिराउनचौरस्थित सडकमा मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरेको बा.१८ च ५९२१ नम्बरको बलेरो जिप सडकबाट करिब ५ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा आबुँखैरेनी गाउँपालिका-६ छापस्वारा बस्ने ७२ वर्षीय आसबिर गुरूङको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएका ब्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरूङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको आबुँखैरेनी अस्पतालमा र १० जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
त्यस्तै पाल्पाको माथागढी गाउँपालिका-५ आर्थोकघाटस्थित सडकमा लु।२ ख ५६१ नम्बरको टिपर सोमबार बिहान दुर्घटना हुँदा चालक रूपन्देही तिलोत्तमा नगरपालिका-१६ पिउलिहवा बस्ने २४ वर्षीय प्रदिप कुमाल र सह-चालक सोही ठाउँ बस्ने १८ वर्षीय मनिश परियारको घटनास्थलमै मृत्यु भएको छ । दुबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया