काठमाडौं । अफगानिस्तान विरुद्धको तीन खेलको टी-२० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २–० को अग्रता बनाउन सफल भयो ।
डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोलीले १७ ओभरमा सबै विकेट गुमाएर ११५ रनमा समेटिन पुग्यो ।
अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि पाथुम निसान्का र कुसल मेन्डिसले तीब्र गतिमा रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे ।
चौथो ओभरमा ११ बलमा २५ रन बनाएका निसान्का आउट भएसँगै यो साझेदारी तोडिएको थियो । यसैगरी मेन्डिसले १४ बलमा २३ रन बनाए । धनञ्जय डि सिल्भाले १४ रन बनाएर १० औं ओभरमा ८६ रनको स्कोरमा तेस्रो विकेटका रूपमा आउट भएका थिए ।
कप्तान वानिन्दु हसरङ्गाले सदिरा समराविक्रमासँग मिलेर ९ बलमा २२ रन बनाएर स्कोरलाई १०० भन्दा माथि पु¥याए । उनी टिमको स्कोर ११० भएका बेला आउट भएका थिए ।चारिथ असालान्का मात्र ४ रन बनाएर आउट भए । त्यहाँबाट समरविक्रमलाई साथ दिन आएका एन्जेलो म्याथ्युजले छिटो रन बनाउने काम गरे । यी दुईले स्कोर १८० भन्दा माथि पु-याएका थिए । समरविक्रमले ५१ रनको इनिङ खेले । योसँगै म्याथ्युजले २२ बलमा ४२ रन बनाएर नटआउट रहे । अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाई र मोहमद नावीले दुई दुई विकेट लिए ।
जवाफी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको इनिङ्स सुरुदेखि नै खस्कियो । ३१ रन नाउँदा ५ विकेट गुमेको थियो ।
मोहम्मद नाबी र करिम जनातले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै स्कोरलाई ७० पु¥याएका थिए । नाबीले १७ बलमा २७ रनको इनिङ खेले । जनातले २३ बलमा २८ रनको योगदान दिए । तल्लो क्रमका ब्याटर पनि लामो समय टिक्न सकेनन् र जसका कारण तीन ओभर बाँकी रहँदा अफगानिस्तान अलआउट भयो ।
श्रीलंकाका लागि एन्जेलो म्याथ्युज, बिनुरा फर्नान्डो, वानिन्दु हसरंगा र माटिशा पाथिरानाले समान २–२ विकेट लिए । यी दुई सफलतासँगै हसरंगाले भने टी–२० मा १०० विकेटको आँकडा पनि पूरा गरेका छन् ।
पहिलो टी २० मा श्रीलंका ४ रनले विजयी भएको थियो भने अब अन्तिम टी २० बुधबार राति सवा सात बजे सुरु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया