काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोना पराजित भएको छ । सोमबार राति भएको खेलमा जिरोना एथ्लेटिक विलबाओसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।
एथ्लेटिकका एलेजान्ड्रो रिमेरियोले दोस्रो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यहि १ गोलका कारण पछि परेको जिरोनाले ४९औं मिनेटमा बराबरी गरेको थियो । जिरोनाका लागि त्स्यगानकोवले बराबरी गोल फर्काएका थिए ।
तर, ५६औं मिनेटमा एलेजान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा एथ्लेटिक बिलबाओ २–१ ले अघि बढेको थियो ।
त्यसैगरी ६०औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिकलाई ३–१ ले अघि बढाएका थिए ।७५औं मिनेटमा एरिक ग्रासियाले गोल गरेर जिरोनालाई राहत दिलाए पनि अन्ततः एथ्लेटिक विलबाओ ३–२ ले विजयी भयो ।
जितसँगै बिलबाओ तालिकामा ४९ अंकका साथ पाँचौं स्थानमा छ भने पराजित भएको जिरोना ५६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । ला लिगामा रियल मड्रिड ६२ अंकका साथ शीर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया