काठमाडौं । पाकिस्तान सुपर लिग पीएसएलमा क्वेटा ग्लाडियटर्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा पेसावर जाल्मीलाई पराजित गरेको ग्लाडियटर्सले सोमबार राति भएको खेलमा लाहोर क्वालन्दर्सलाई ५ विकेटले पराजित गरेको हो । लाहोरको भने यो लगातार दोस्रो हार हो ।
टस जितेर पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो । लाहोरका लागि साहबजाद फरहानले सर्वाधिक ६२ रनको पारि खेले । उनले ४३ बलमा तीन छक्का र छ चौकाको मद्दतले ६२ रनको पारि खेलेका हुन् । यसैगरी जनदाद खानले १७ बलमा ४५ रनको धुवाँधार नटआउट पारि खेलेपछि लाहोरो ठूलो स्कोर खडा गरेको थियो । खानले चार छक्का र तीन चौका हिर्काए ।
यस्तै, सिकन्दर रजाले १८ रन बनाउँदा रसे भान डेर डुसेनले १५ र न बनाए । कप्तान सहेन साह अफ्रिदीले १२ रन जोड्दा अब्दुल्लाह सफिकले ११ रनमात्रै बनाए ।क्वेटाका अकेल हुसने र मोहम्मद हसनानले दुई दुई विकेट लिए ।
१८८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको क्वेटाले निर्धारित ओभरका ५ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको थियो । क्वेटालाई जिताउनका ख्वाजा नाफेले ३१ बलमा ६० रनको नटआउट पारि उत्कृष्ट रह्यो । उनले तीन छक्का र चार चौका प्रहार गरे । यसैगरी साउद शाकेलले २३ बलमा ४० रन जोड्दा जेसन रोयले १९ बलमा २४ रन बनाए । कप्तान रिले रुसो १८ रनमा आउट हुँदा शेरफन रुथफोर्ड १४ रन बनाएर पभेलियन फर्किए । अन्त्यमा अकेल हुसेन ९ रनम नटआउट रहेका थिए ।
लाहोरका लागि सहेनसाह अफ्रिदी, हेरिस रौफ, जमान खान, सलमान फयाज र सिकन्दर रजाले एक एक विकेट लिए ।
नेपालमा पहिलो पटक डिस होम एक्सन स्पोर्टस एचडी वान र टुबाट प्रत्यक्ष प्रशारण भइरहेको पीएसएलमा मंगलबार पनि एक खेल हुने छ । मंगलबार राति पौने ८ बजे मुल्तान सुल्तानले इस्लामावाद युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ । यी दुवै टिम लगातार दोस्रो जितको खोजिमा हुने छन् । मुल्तानले पहिलो खेलमा कराँची किंग्स र इस्लामावादले लाहोर क्वालन्दर्सलाई हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया