कांग्रेस महासमिति बैठकमा आर्थिक प्रस्ताव : ‘वर्तमान सरकार आएपछि अर्थतन्त्र सुधार भयो’ (पूर्णपाठ)

लोकपथ
49
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अर्थमन्त्रालयको नेतृत्वमा आएपछि सिथिल रहेको अर्थतन्त्र सुधारको बाटोमा गएको दाबी गरेका छन् ।

कांग्रेसको महासमिति बैठकमा पार्टीका तर्फबाट आर्थिक प्रतिवेदन पेश गर्दै डा. महतले सो दाबी गरेका हुन् ।

अर्थमन्त्री डा. महतले १ १ पृष्ठ लामो प्रतिवेदन पेश गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसको तर्फबाट वर्तमान गठबन्धन सरकारमा प्रतिनिधित्व गरी हाहमी सरकारमा समावेश हुँदा र मैले अर्थमन्त्रीको रुपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकुल अवस्थामा रहेका थिएनन् । आर्थिक वृद्धि खुम्चिएर १.८६ प्रशितश पुगेको अवस्था थियो । विगत केही वर्षदेखि नै स्रोतको आंकलन नगरी ठूलो संख्यामा बहुुवर्षीय ठेक्का लगाउने प्रवृत्तिले स्रोतमा चापको अवस्था रहेको थियो । आयोजनाको प्राथमिकीकरण कमजोर रहेको र ससाना आयोजनाहरुमा बजेट छर्ने समस्याले खर्चको प्रभावकारितामा समस्या रहेका थिए । कोभिडको परिवेशमा नेपाल राष्ट्र बैंक मार्फत् ठूलो मात्रामा कर्जा विस्तार भएको र पछि एक्कासी नियन्त्रणमुलक नीति लिँदा अर्थतन्त्रमा संकुचनकारी देखिएको थियो । बैंक तथा वित्तीय प्रणालीबाट २०७७ असार मसान्तमा रु.३२१० अर्बबाट वृद्धि भइ कर्जा प्रवाह २०७९ असार मसान्तसम्म रु.४६२१ अर्ब पुगे्को अवस्था थियो । सो कर्जा घरजग्गा, शेयर, आयाततर्फ प्रयोग भइ माग र आपूर्तीमा असन्तुलन बढेको थियो ।’

त्यस्तै कोभिडपछि सिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले लिएको नीतिले सफल रहेको दाबी गरेका छन् । १०० रुपैयाँमा कम्पनी खोल्न सकिने सलर व्यवस्था गरिएकोदेखि निजी क्षेत्रसँग निरन्तर संवाद गरिनु, मौद्रिक नीति लचिलो पार्दै लगिएको साथै वित्तीय र मौद्रिक नीतिमा तादम्यता कायम गर्दै लगिएको कारण अर्थतन्त्र सुधारको बाटोमा गएको बताएका छन् ।

त्यसैगरी चालू आर्थिक वर्षको बजेटमा आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरु कार्यान्यनमा रहेको बताइएको छ । भने सरकारी खर्चतर्फ वित्त अनुशासन सुनिश्चित गर्न जोड दिइएको छ । साथै खर्च कटौती अन्तर्गत विभिन्न अस्थायी कार्यालय र निकायहरु खारेज गरिर्एको बताइएको छ ।

त्यसैगरी आवश्यक्ता र अपेक्षा अनुरुप राजस्व संकलन हुन नसके पनि राजस्व परिचालनमा क्रमश सुधार हुँदै गएको बताए । हालको वृद्धिदर १० प्रतिशत रहेको दाबी गरिएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?