मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना

लोकपथ
161
Shares


काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिम वायुको प्रभावका कारण आज देशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?