काठमाडौं । नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा आज ‘बिहीवार’ भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पुलिसले आर्मी क्लबमाथि २५-१७, २५-१३ र २५-१९ को सेटमा पाखा लगायो । यो उपाधिसँगै पुलिस क्लबले ३ लाख ५१ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मी क्लबले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ हात पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया