कुमारी बैंकको १७ औं तथा १८ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो १७ औँ तथा १८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

बैंकका अध्यक्ष सन्तोष कुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमका बीच बैंकले १७ औँ तथा १८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७३÷०७४ र आ.व २०७४÷०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । 

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३÷०७४ को लागि १२.७५% बोनस शेयर र आ.व. २०७४÷०७५ को लागि .५०% बोनस शेयर गरी  जम्मा  २१.२५ % बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात कुमारी बैंकको चुक्ता पुँजी  रु. ८ अर्ब ६ करोड हुनेछ ।

आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप रु.७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम रु. ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ४२ करोड तथा रु.१ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरी ८८ शाखा सञ्जाल, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?