कोशी र मधेशसहित केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

लोकपथ
112
Shares


काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

आज पनि देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।विभागका अनुसार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?