एजेन्सी । चेल्सी र आर्सनल जारी युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीवार राति सम्पन्न भएको सेमिफाइनलको दोस्रो लेगको इंग्लिस क्लब चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्रयाङकफर्टलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको समयसम्म दुवै क्लबबाट समान १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलको २८ औँ मिनेटमा चेल्सीका लागि लोफटस चेकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए ।
तर, ४९ औँ मिनेटमा फ्रयाङकफर्टका जोभिकले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । यसअघि भएको सेमिफाइनलको पहिलो लेगको खेलमा पनि दुवै क्लब १-१ गोलको बराबरीमा रोकिएका थिए ।
त्यस्तै बिहीवार राति नै भएको सेमिफाइनलको दोस्रो लगेको खेलमा आर्सनलले स्पेनी क्लब भ्यालेन्सियालाई ४-२ गोल अन्तरले पराजित ग-यो ।
आर्सनलले समग्रमा भ्यालेन्सियालाई ७-३ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईका यात्रा तय गरेको हो । आर्सनलको लागि पियरी एम्रिक अबुमियाङले ह्याट्रिक गरेका थिए ।
त्यस्तै बाँकी एक गोल भने अलेक्जान्द्र लाकाजेट्टीले एक गोल गरे । यता भ्यालेन्सियाका केभिन गेमिरोले दुई गोल फर्काएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया