एजेन्सी । जापानकी नायोमी ओसाका जारी म्याड्रिड ओपन टेनिसबाट बाहिरिएकी छिन् ।
बिहीवार राति सम्पन्न भएको महिला एकलतर्फको क्वाटरफाइनल खेलमा ओसाका स्विटरजरल्याण्डकी बेलिन्डा बेन्सिकसँग २-० को प्रतिस्पर्धात्मक सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
ओसाकाले खेलको पहिलो सेट ३-६ ले आफ्नो पक्षमा पारेकी थिइन् । तर, त्यसपछिका बाँकी दुई सेट भने गुमाएकी थिइन् । ओसाका खेलको दोस्रो सेटमा ६-२ र अन्तिम सेटमा ७-५ ले बेन्सिकसँग पराजित भएकी थिइन् । जितपछि बेन्सिक भने सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा फ्रेन्च ओपन च्याम्पियन रोमानिकी सिमोना हालेपले अस्ट्रेलियाकी अस्ले बार्टीलाई ७-५ र ७-५ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेकी छिन् । अब फाइनल प्रवेशको लागि हालेपले बेन्सिकको सामना गर्नेछिन् ।
यता पुरुष एकलतर्फको तेस्रो चरणको खेलमा सर्बियाली नोभाक जोकोभिचले फ्रान्सेली जेरोमी चार्डीलाई ६-१ र ७-६ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
स्विट्जरल्याण्डका रोजर फेडेररले फ्रान्सका गेइल मोन्फिल्सलाई ६-०, ४-६ र ७-६ को प्रतिस्पर्धात्मक सेटमा पाखा लगाउँदै चौथो चरणको यात्रा तय गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया