हिमालयन बैंकको नाफा दुई अर्ब भन्दामाथि

काठमाडौं । हिमालयन बैंकले दुई अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेको छ । 

बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रगतिउन्मुख देखिएको हो । बैंकले खर्च नियन्त्रण गरि आम्दानीका अधिकांश सूचकहरुमा प्रगति गर्दै दुई अर्ब माथि नाफा आर्जन गरेको हो । 

हिमालयन बैंकको गत आर्थिक वर्षको यसै अवधिको तुलनामा पूँजी कोष अनुपात घटेको छ भने कोषको लागत र खराब कर्जा अनुपातमा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा १० दशमलब २४ प्रतिशतले खुद नाफा वृद्धि गरेको बैंकको पूँजी वृद्धिदर उच्च हुँदा प्रतिशेयर आम्दानी दुई रुपैयाँ ५० पैसाले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?