काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठकमा सत्ता र प्रतिपक्षी सांसदहरुबीच वादविवाद चलेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
बैठकमा सत्तापक्षका सांसदहरुले प्रतिपक्षीको कारण बैठक प्रभावकारी हुन नसकेको भन्दै आरोप लगाएका थिए । त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले त्यसको विरोध गरेका थिए । तर आजको कार्यसूची अनुसार बैठक बस्न नसकेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया