काठमाडौं । जनसेवी लघुवित्तको साधारण शेयर एक घण्टाभित्र सबै शेयर बिक्री भएको छ ।
लघुवित्तको ‘आईपिओ’ आवेदन खुलेको एक घण्टा पनि बित्न नपाउँदै सबै शेयर बिक्री भएको जनाएको हो । लघुवित्तको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार २५ हजार आवेदनवाट ४ लाख ५० हजार कित्ता शेयर माग भएको थियो ।
लघुवित्तले बिहीवादेखि जारी पूँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२ दशमलब १० प्रतिशत अर्थात चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको कुल चार लाख ६३ हजार ३ सय कित्ता शेयरमा बिक्रीमा ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया