रुपन्देही । भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आज ‘शुक्रवार’देखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ ।
नाका बन्द भएपछि आवत-जावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन ।
‘केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन’, प्रमुख जिल्ला अधिकारी रानाले भने । करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो ।
भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा निर्वाचन हुँदैछ । भारतको सो जिल्लासँग रुपन्देहीको ककरहवा नाका जोडिएको छ ।
त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द हुने बताइएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया