काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यकारी अध्यक्ष गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि प्रहरीले पक्राउ गरेको हो ।
गत २१ मंसिरमा दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया